सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने

सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने

केन्द्रबिन्दु
0
Shares

जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षेत्रमा सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने गरी काम अगाडि बढाउने निर्णय गरेको छ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनः निर्माण कार्य अघि बढाउने निर्णय गरेको छ। 

शनिबार मध्यराती जाजरकाेट र रुकुम पश्चिममा गएको ६.४ म्याग्निच्युडको भूकम्प ठूलो मात्रामा घरहरू भत्किएका छन्। पुनः निर्माण बेलासम्मका लागि भूकम्पबाट आवास क्षति भएका परिवारलाई अस्थायी बसोबासको लागि टहराहरू निर्माण गर्ने पनि सरकारको निर्णय रहेकाे छ।

साथै, सावधानीका निमित्त भूगोलको अध्ययनका आधारमा आगामी दिनमा बस्ती विकास गर्ने व्यवस्था मिलाउने र विपद् प्रभावितहरूका लागि आवश्यक पर्न सक्ने राहत तथा उद्धार सामग्रीहरूको पूर्व तयारी स्वरूप मौज्दात राख्ने पनि सरकारको निर्णय छ।

Logo