जसपाको मधेस प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण शिबिर आजदेखि

जसपाको मधेस प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण शिबिर आजदेखि

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण शिबिर आजबाट सुरु हुँदैछ।

सिराहाको लाहानस्थित मारवाडी सेवा सदनमा आजदेखि जसपाले तीन दिने प्रशिक्षण शिबिर सञ्चालन गर्न लागेको हो। पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरुले प्रशिक्षण दिने कार्यक्रम छ।

प्रशिक्षणमा बौद्धिक पेसाकर्मी महासंघ, युवा संघ, विद्यार्थी युनियन, महिला संघलगायत भ्रातृसंगठनका प्रतिनिधिहरुलाई पनि सहभागी गराइने जसपाले जनाएको छ।

मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय तहका नेता, प्रदेश समितिका सदस्य, जिल्ला तथा स्थानीय तहका प्रतिनिधिहरु प्रशिक्षणमा सहभागी हुनेछन्।

Logo