प्रहरी समायोजनबारे मधेश प्रदेशले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

प्रहरी समायोजनबारे मधेश प्रदेशले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेश सरकारको सर्व दलिय बैठक सम्पन्न भएको छ । 

सोमबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकमा विभिन्न चारवटा कुरामा छलफल भएको मधेश प्रदेशका गृह तथा सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिमले बताएका छन् । बैठकपश्चात सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री समिमले शुक्रबार काठमाडौं गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेबारे छलफल भएको जानकारी दिएका हुन् । 

उनले प्रदेश निजामति ऐन, प्रहरी समायोजन, गुठी र वन सम्बन्धी विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको बताए । उनले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्रमार्फत मागहरु पूरा गर्ने अल्टिमेटम दिने, र उक्त अवधिमा माग पूरा नभए मुख्यमन्त्रीसहित, प्रदेशका मन्त्रीहरु काठमाडौंमा धर्नामा बस्ने निर्णय भएको पनि बताए । 

उक्त विषयमा २२ गत्ते पत्रकार सम्मेलनमार्फत थप जानकारी दिने सर्वदलिय बैठकबाट निर्णय भएको छ ।

Logo