राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।
राष्ट्रपति पौडेल कात्तिक २२ गते १० दिने युरोप भ्रमणमा जाँदै थिए, मन्त्रिपरिषद् बैठकले पनि उनको भ्रमण स्वीकृत गरिसकेको थियो । तर, भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले उनले भ्रमण स्थगित गरेका हुन् ।
फ्रान्सको राजधानी पेरिसमा हुने ‘पेस पिस फोरम’मा भाग लिन जान लागेका उनले जर्मनी र इटालीको पनि भ्रमण गरेर मंसिर १ गते मात्र स्वदेश फर्किने तालिका तय भएको थियो । तर, नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प जाँदा ठूलो जनधनको क्षति भएपछि राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेका हुन् ।





























प्रतिक्रिया