एकीकृत समाजवादीले भूकम्प पीडितका लागि २५ लाख रूपैयाँ सहयोग गर्ने

एकीकृत समाजवादीले भूकम्प पीडितका लागि २५ लाख रूपैयाँ सहयोग गर्ने


नेकपा एकीकृत समाजवादीले भूकम्प पीडितका लागि २५ लाख रूपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

सोमबारको सचिवालय बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरी पीडितलाई सहयोग गर्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

उनले भने, ‘कर्णाली प्रदेशका केही जिल्लाहरुमा भूकम्पले पुर्याएको गम्भीर क्षतिप्रति हाम्रो पार्टीले पनि केही सहयोग गर्नुपर्छ भनेर निर्णय गरेका छौं । पार्टीका कार्यकर्ताबाट आर्थिक संकलन गरी केन्द्रिय सरकारको प्राकृतिक प्रकोप तथा राहत उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको छ ।’

बैठकले राजनीतिक नियुक्ति लिएकाहरुले १५ दिनको पारिश्रमिक बराबरको रकम पार्टीको कोषमा जम्मा गर्ने पनि निर्णय गरेको उनले बताए । उनले भने, ‘यही प्रायोजनका लागि हाम्रा पार्टीका मन्त्रीहरु, संघीय सरकार र केन्द्रीय सरकारका मन्त्रीहरु सांसदहरु र जनप्रतिनिधिहरु र राजनीतिक नियुक्तिमा गएकाहरुले १५ दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय भएको छ ।’ 

Logo