भूकम्प प्रभावित क्षेत्रमा सांसद जनार्दन शर्मासहितको टोली [तस्विरमा]

भूकम्प प्रभावित क्षेत्रमा सांसद जनार्दन शर्मासहितको टोली [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

शुक्रबार गएको भूकम्पका कारण आठबीसकोट नगरपालिका वडा नम्बर १३ का बस्तीहरू नराम्ररी प्रभावित भएका छन्। कतिपय घरहरु भूकम्पले ढलेका छन् भने नभत्किएका घरहरु पनि चर्किएर बस्नै नहुने भएका छन्। 

नेकपा माओवादी केन्द्रका नेता तथा त्यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा र विभिन्न राजनीति दलका टोलीले प्रभावित क्षेत्रमा पुगेर जनतासँग भेट गरेको छ।

भेटका क्रममा स्थानीयले आफूहरुको भरोसा जनप्रतिनिधि नै रहेको भन्दै राहत र पुनर्स्थापनामा पहल गर्न आग्रह गरेका छन्। सो क्रममा शर्माले आफूहरु जनतासँगै रहेको भन्दै त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए। 

 

 

Skip This
Skip This
Logo