जसपाको सुदूरपश्चिम प्रदेश समिति गठन

जसपाको सुदूरपश्चिम प्रदेश समिति गठन

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदूरपश्चिम प्रदेश समिति गठन भएको छ। कैलालीको धनगढीमा बसेको प्रदेश समितिको विस्तारित बैठकले भगतराम थारुको अध्यक्षतामा ३८ सदस्यीय समिति गठन गरेको हो।

समितिको उपाध्यक्ष गोविन्द राना थारु, निर्मला रिजाल, संगम सक्सेना मुख्यसचिव राजु बम सचिवमा दलबहादुर घर्तीमगर र दिपेश तिमल्सैना जैसी रहेका छन्।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज गोविन्द चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश समितिका सहइन्चार्ज भीमबहादुर थापा, राजनीतिक समिति सदस्य मालामती रानालगायतको उपस्थिति थियो।

Skip This
Skip This
Logo