लोकतन्त्र र गणतन्त्रविरुद्ध राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरु लागिराखेका छन्ः मन्त्री शर्मा

लोकतन्त्र र गणतन्त्रविरुद्ध राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरु लागिराखेका छन्ः मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको लोकतन्त्र, गणतन्त्रविरुद्ध राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु लागि राखेको दाबी गरेकी छिन्।

शनिबार ‘कीर्तिपुरका जनतासँग प्रधानमन्त्री प्रचण्ड’ साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभरका होनहार व्यक्तित्वहरुले सहदातप्राप्त गरेर ल्याएको व्यवस्था लोकतन्त्र र गणतन्त्रप्रति प्रश्न उठाउने र त्यसविरुद्ध विभिन्न कोणबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु लागि राखेको दाबी गरेकी हुन्।

उनले भनिन्, ‘यत्रो बलिदान गर्यौँ। कीर्तिपुरसहित देशभरका होनहार व्यक्तित्वहरुले सहदात प्राप्त गरेर व्यवस्था प्राप्त गर्यौँ। त्यो व्यवस्था, लोकतन्त्र, गणतन्त्रप्रति फेरि पनि यहाँ प्रश्न उठाउने र त्यसविरुद्ध विभिन्न कोणबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु लागि राखेको हामीले देखिरहेका छौँ।’

मन्त्री शर्माले हिजोको निरंकुशता नभोगेका र नदेखेकाले व्यक्ति र दलहरुले यो व्यवस्थालाई उल्ट्याउने र हिजै ठिक थियो कि भन्ने जस्तो भाव सिर्जना गर्ने ढंगले विगतकै राजतन्त्र र निरंकुशता ठिक हो भन्दै जनताको बीचमा गइरहेको बताइन्। 

उनले भनिन्,‘जसले हिजोको निरंकुशता भोगेन, उनीहरु आज बरु विगतकै राजतन्त्र र निरंकुशता ठिक हो भन्ने ढंगले जनताबीच गइरहेको बेलामा कीर्तिपुरवासीको हिजोको ऊर्जा प्रगति, लोकतन्त्र र गणतन्त्रको पक्षमा फेरि आवश्यक भएको छ। देशव्यापी रुपमा उठ्नुपर्ने आवश्यकता भएको छ।’

Logo