माओवादीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छः प्रवक्ता सापकोटा

माओवादीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छः प्रवक्ता सापकोटा

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी गरिएको आरोप लगाएका छन् ।

नेकपा माओवादी केन्द्र शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले पार्टी मुख्यालय कोटेश्वरमा आयोजना गरेको कार्यक्रममा उनले शान्ति प्रक्रिया टुङ्गाउन प्रधानमन्त्रीले नचाहेको आरोप लगाउदै आफ्नो पार्टी विरुद्ध घेराबन्दी गरिएको आरोप लगाएका हुन् । 

उनले भने ‘माओवादी आन्दोलनलाई हिंसा भन्ने यो शान्ति प्रक्रिया रोकेको चै प्रधानमन्त्रीले हो भन्ने जस्ता कुरा गरेर भन्ने मान्छेले त सोचेको होला मैले खुब भने भनेर त्यो त खसेको हो । तल गिरेको हो । यसैगरी हो थाहै नपाईकन हामी बिग्रिन्छौं । चिप्लिन्छौँ । त्यसकारण हामी फेरी बर्बाद भएपछि त भई हाल्यो । सबैभन्दा ठुलो कुरो चै के हो भने नैतिक बल आचरण ।’ 

उनले थपे, ‘अहिले हाम्रा विरुद्ध चै सारा चै घेराबन्दी भइरहेको छ नी यो चिर्नका लागि हामीले मेहनेत र परिश्रम गर्नु पर्छ र हामी नैतिकतामा चै अडिग हुनुपर्छ । नैतिकतामा भन्दा ठुलो तागत र ज्ञान चै मैले चै अर्को देखेको छैन । ’

त्यस्तै प्रवक्ता सापकोटाले समाजवादको यात्रा कठिन नभएको जिकिर गरे । 

Skip This
Skip This
Logo