मंसिर ७ वार्मअप मात्रै हाे, पूरा फिल्मको तयारी भैरहेको छः शंकर पोखरेल

मंसिर ७ वार्मअप मात्रै हाे, पूरा फिल्मको तयारी भैरहेको छः शंकर पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर ७ गते काठमाडौंमा युवा संघले गर्ने भनेको वृहत जनप्रदर्शन वार्मअप मात्रै भएको बताएका छन् । 

मंसिर ७ गते युवासंघले गर्ने भनेको जनप्रदर्शनअघि आज पार्टी कार्यालय च्यासलमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले ठुलो आन्दोलनको तयारी भइरहेको खुलासा गरेका हुन् । उनले भने, ‘मंसिर सात एक प्रकारले भन्नु हुन्छ भने हाम्रो अभियानको वार्मअप मात्रै हो । पुरा फिल्म देख्न लागि त हामी अझ तयारीको यात्रामा जुटिरहेका छौँ । यो मुलुकमा अहिले जुन खालका वेथिति भइरहेको छ । के हामी सबै प्रकारका वेथिति टुलुटुलु हेरेर बस्न सक्छौँ ?’

महासचिव पोखरेलले अहिले सबैले एमालेमाथि निसाना साँधेको जिकिर गरे । ‘सत्तामा बस्नेहरुको निसाना एमाले, पुराना होइन् नयाँ भन्नेहरुको निसाना पनि एमाले, परिर्वतन असफल भयो अब राजा नै चाहिन्छ भन्नेहरु  प्रतिगामिहरुको निसाना पनि एमाले । के नेकपा एमाले अहिले सरकारमा छ र ? प्रतिपक्षमा रहेको यो पार्टी माथिको प्रहार किन ? हामी सबैले गम्भीरतापूर्वक मनन गर्नु पर्दछ ।’ उनले भने ‘यो एमालेमाथिको प्रहार होइन, देशभक्तहरुमाथिको प्रहार हो । यो एमाले नेतृत्वमाथिको प्रहार होइन नेपाली जनताको भविश्वमाथिको प्रहार हो भन्ने कुरालाई बुझ्न जरुरी छ र त्यो प्रहारकाविरुद्धमा नेपाली जनतालाई उभ्याउनका लागि युवा र विद्यार्थीहरु उठ्न जरुरी छ । राष्ट्रनिर्माणको नयाँ यात्रा आरम्भ गर्नका लागि अब एमाले सम्बद्ध युवा विद्यार्थीहरुको मोर्चा कसेका छन् । ’

जन संगठन समन्वय संयन्त्रले आयोजना गरेको २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समिति लगायतका सदस्यको विशेष भेलाले सबै शक्ति मंसिर ७ को प्रदर्शनमा केन्द्रित गर्ने घोषणा समेत गरेको छ ।

Logo