सरकारले जलवायु अनुकूल हुने योजना मात्र स्वीकार्छः अर्थमन्त्री महत

सरकारले जलवायु अनुकूल हुने योजना मात्र स्वीकार्छः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल सरकारले जलवायु अनुकूल हुने योजनाहरु मात्र स्वीकार गर्ने बताएका छन् । 

राष्ट्रिय जलवायु सम्मेलनमा अर्थमन्त्री महतले नेपाल जलवायु परिवर्तनको कारण नभएर पनि धेरै चुनौतीको सामना गर्नुपरेको भन्दै यो विषयलाइै उठाउनु पर्ने बताएका हुन् । 

उनले भने, ‘अबका विकासका कामहरुमा जलवायु अनुकूल हुने त्यस्तो योजनाहरु ल्याउने हो भने मात्रै त्यसलाई सरकारले स्वीकार गर्छ । अन्तर्राष्ट्रिय रुपमा नेपालको तर्फबाट नेपालको आवश्यकता सामान्य हो, जलवायु परिवर्तन आफ्नो कारण नभएर पनि नेपालले धेरै चुनौतीको सामना गर्नुपरेको छ भन्ने विषयलाई उठाउनु पर्छ ।’

यस्तै, अर्थमन्त्री महतले जलवायु परिवर्तनको अवस्था सुधारको मिसनमा नेपालको तर्फबाट आवश्यक काम भइरहेको भन्दै अब अन्तर्राष्ट्रिय समुदायले आफ्नो स्तरबाट काम गर्नुपर्ने बताए ।

उनले भने, ‘जलवायु परिवर्तनको अवस्था सुधारको मिसनमा हामीले हाम्रो काम गरिरहेका छौ अब अन्तर्राष्ट्रिय समुदायले उनीहरुको आफ्नो स्तरको काम गर्नुपर्छ । कसैले पनि समस्या भोग्न नपरोस् भनेर सबैले सहयोग गर्नुपर्छ किनभने जलवायु परिवर्तनको कारणले हाम्रा हिमालहरुलाई प्रभाव पारिरहेको छ र यो प्रभावले नेपाललाई मात्रै होइन पूरै दक्षिण एसिया र संसारलाई प्रभाव पर्न सक्छ ।’

समस्या के हो भन्ने थाहा भइसकेको भन्दै अर्थमन्त्री महतले त्यसको समाधानको लागि ठोस कार्यक्रम, योजना र सहयोगको आवश्यकता भएको पनि बताए । 

आगामी कोप–२८ मा अर्थपूर्ण सहभागिताको तयारीका लागि सरकारले राष्ट्रिय जलवायु सम्मेलन आयोजना गरेको हो । वन मन्त्रालयको आयोजनामा भएको सम्मेलनका क्रममा सरकारले राष्ट्रिय अनुकूलन योजना र राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन योजना सार्वजनिक गरिएको छ ।

Logo