गणतन्त्रको जगमाथि टेकेर केही व्यक्ति अराजक बाटोमा हिँड्दैछन्ः अध्यक्ष शेर्पा

गणतन्त्रको जगमाथि टेकेर केही व्यक्ति अराजक बाटोमा हिँड्दैछन्ः अध्यक्ष शेर्पा

केन्द्रबिन्दु
0
Shares

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जेन शेर्पाले संघीयता, लोकतन्त्र धर्मनिरपेक्षता र गणतन्त्रको जगमाथि टेकेर अराजक बाटोमा हिँड्ने काम भएको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्राप्त गरेको संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता र गणतन्त्रको जगमाथि टेकेर केही व्यक्तिहरु विदेशीको इसारामा सबैलाई संगठित गरेर अराजक बाटोमा हिँडेको बताएका हुन् । 

उनले भने, ‘संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता र गणतन्त्रको जगमाथि टेकेर देशको आर्थिक अवस्था खस्केको अवस्थामा केही उच्छृंखल व्यक्तिले जे मन लाग्छ त्यही बोलेका छन् । लोकतन्त्र र गणतन्त्रमाथि खतरा आएको हो कि भन्ने महसुस भएको छ । कुनै विदेशीको इसारामा र आर्थिक हिसाबले पीडित, सहकारी र बैंकबाट पीडित महिला र उद्योगीहरुलाई संगठित गरेर अराजक बाटोमा हिँडेको महसुस गरेका छौं ।’

उनले संविधानले राम्रो अधिकार दिएको भए पनि सरकाले लागू गर्न नसकेको गुनासो गरे । ‘संविधानले धेरै राम्रो कुरा दिएको छ । त्यसलाई सरकारले लागू गर्न सकेको छैन’ शेर्पाले भने, ‘यसका लागि हामी आन्दोलन गरिरहेका छौं ।’

Logo