समानताको पक्षमा अगाडि बढ्न गरिरहेको कोशिस शंखधर साख्वाले देखेको सपनाको निरन्तरता हाेः मन्त्री शर्मा

समानताको पक्षमा अगाडि बढ्न गरिरहेको कोशिस शंखधर साख्वाले देखेको सपनाको निरन्तरता हाेः मन्त्री शर्मा


सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले वर्तमान सरकारले सुशासन,सामाजिक न्याय,समानताको पक्षमा अगाडि बढ्न गरिरहेको कोशिस शंखधर साख्वाले देखेको सपनाको निरन्तरता भएको बताएकी छिन्। 

राष्ट्रिय विभूति शंखधर साख्वा दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमा मन्त्री शर्माले नेपाल संवत  ११४४ सुरु भएदेखि सबै सरकारी कागजातमा कामकाजी भाषामा नेपाल भाषाको प्रयोग गर्ने सरकारको निणर्यले साख्वाले देखाएको बाटोमा समाजलाई लैजान थप मद्दत पुग्ने धारणा राखेकी हुन्। 

उनले भनिन्,‘हामीले देशमा भएको थुप्रै समस्या समाधान गरेर जने क्रममा सुशासन,सामाजिक न्याय,समानताको पक्षमा जसरी अगाडि बढ्ने कोशिस गरिरहेको छौँ, यो कोशिस पनि शंखधर साख्वाले देखेको सपनाको निरन्तरता हो भन्ने ठान्छु।’

Logo