गणतन्त्र विरोधीहरु दिवासपना देखेर भ्रम छर्दै छन्ः नेता पोखरेल

गणतन्त्र विरोधीहरु दिवासपना देखेर भ्रम छर्दै छन्ः नेता पोखरेल

केन्द्रबिन्दु
0
Shares

गणतन्त्र विरोधीहरुले ७ गते राखेको कार्यक्रम भ्रमपुर्ण भएको माओवादी केन्द्रका केन्द्रिय सचिव लीलामणि पोखरेलले बताएका छन। देश कंगाल बनाएकाहरुले पैसा देखाएर मान्छे बटुल्ने काम मात्र गरेकाे नेता पोखरेलको भनाइ छ।

‘नेपालको राजनिती प्रणाली र मौलिकतामा हस्तक्षेप गर्ने खोज्नेहरुले लगानी गरेको पनि हामीले सुनेका छौँ।’ सचिव पोखरेलले भने। ‘यो उनिहरुको दिवा सपना मात्र हो।’

नेपालमा गणतन्त्रको विरोध गर्न भारतीय विजेपीका नेताहरुले समेत चलखेल गरेको उनले खुलासा गरे। विजेपीका नेताहरुले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको ठोकुवा गर्दै नेपाली जनताहरू यसतर्फ गम्भीर बन्नुपर्ने नेता पोखरेलको धारणा छ।

राजनीति परिवर्तन गरि विकास गर्ने भन्ने आफैंमा भ्रमपूर्ण भएको र २३८ वर्षसम्म नेपाली जनतालाई ठगेर थुपारेको पैसाले अहिले चलखेल गर्न खोजेको उनकाे आरोप छ।

Skip This
Logo