तिनकुनेबाट महेश बस्नेतले भने- ‘हामी बल्खु जान नपरोस्’

तिनकुनेबाट महेश बस्नेतले भने- ‘हामी बल्खु जान नपरोस्’

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रहरीले आफ्ना कार्यकर्तालाई सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी दिएका छन्।

आफ्ना ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताले बल्खुबाट तिनकुने आउँदै गर्दा अवरोध गरेको भन्दै उनले उक्त चेतावनी दिएका हुन् । उनले भने,“हाम्रो लक्ष्य झडप गर्ने होइन। बल्खुमा ५०० युवा आउँदै गर्दा अवरोध भएको कुरा छ। प्रहरी प्रशासनलाई आग्रह गर्छु,अन्यथा, यहाँ भएका युवाहरू बल्खु जान नपरोस्।” 

सातदोबाटो तर्फबाट युवासंघका कार्यकर्ता बल्खुस्थित पुलमा पुगेपछि दुई समूहबीचमा ढुङ्गा हानाहान भएको थियाे । झडपको स्थिती बनेसँगै प्रहरीले माइकिङ गरेर युवा संघका कार्यकर्तालाई त्यहाँबाट हटाएको छ । तिनकुने क्षेत्रमा एमाले नेता महेश बस्नेतसहितका कार्यकर्ताहरु भेला हुने क्रम जारी छ भने प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् ।

Skip This
Skip This
Logo