महेश बस्नेतकाे कटाक्ष- ‘हाम्रो प्रदर्शन बाघको जस्तो, दुर्गा प्रसाईंको कुकुरको जस्तो’ [भिडियाेसहित]

महेश बस्नेतकाे कटाक्ष- ‘हाम्रो प्रदर्शन बाघको जस्तो, दुर्गा प्रसाईंको कुकुरको जस्तो’ [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईँ समूहको प्रदर्शनलाई कटाक्ष गरेका छन् । उनले युवा संघको कार्यक्रम बाघको जस्तो र प्रसाईं समूहको कार्यक्रम कुकुरको जस्तो भएको बताएका छन् ।  

बिहीबार काठमाडौँको तीनकुनेमा आयोजित युवा संघको शक्ति प्रदर्शनमा बोल्दै उनले आफ्नो यस्तो बताएका हुन् । उनले प्रसाईं समूहलाई ठिक ठाउँमा बस्न चेतावनी दिए । उनले भने, ‘हामीले भनेका थियौँ हाम्रो कार्यक्रम बाघको जस्तो हुन्छ र दुर्गा प्रसाईँको कुकुरको जस्तो लम्पसार पर्छ भनेर । मान्छेले पत्याएका थिएनन् । आज हावा फुस्केको छ । भोलिदेखि ठिक ठाउँमा बस । हामी सल्लाह गर्दैछौं, अब हामी यो कार्यक्रम सात प्रदेशमा विस्तार गर्दैछौं ।’ 

नेता बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ३२ सिटे पार्टी भन्दै व्यंग्य गरे । आफू जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाएमा सिंहदरबारको कुर्सीबाट हटाएर माइतीघरमा ल्याउने चेतावनी उनले दिए । 

उनले भने,‘म प्रधानमन्त्रीलाई झीर खोपेर सुन्न चेतावनी दिन्छु । तपाई सच्चिनु भएन भने तपाईको ३२ सिटे पार्टी र तपाई आफू जोगिनका निमित्त नेपाली जनताको भविष्यलाई अन्धकार बनाउनु भयो भने प्रचण्डलाई सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो । त्यो तागत युवा विद्यार्थीसँग छ । एमालेसँग छ ।’ 

भिडियाे- https://fb.watch/ouYAW8LcY2/

Logo