परराष्ट्रमन्त्री साउद र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउद र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री एनपी साउदसँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल(मुखैरी)ले भेटवार्ता गरेका छन्। नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौँ आइपुगेका अल–मुखैरीले साउदलाई आज मन्त्रालयमा भेटवार्ता गरेका हुन्।

भेटमा दुई देशका मन्त्रीबीच रोजगारी, व्यापार तथा लगानी, विकास सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदानलगायत साझा हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका छन्। विद्रोही हमासले रिहाइ गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए।

Logo