मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रवादी बनेर नेपालकाे झण्डा बोकेर आउन समर्थकलाई आग्रह गरेका छन् ।
आफ्नै नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानद्वारा काठमाडौंको सिफल चौरमा आयोजित प्रदर्शनमा सहभागी भएका प्रसाईंले राजावादी नभई राष्ट्रवादी बनेर नेपालकाे झण्डा बोकेर आउन समर्थकलाई आग्रह गरेका हुन् । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए ।
यसअघि शुक्रबार तीनकुनेमा हुने भनिएको प्रदर्शनमा उनी सहभागी भएका थिएनन् । उनलाई घरमा नै नजरबन्दमा राखिएको थियो । तर, प्रदर्शनमा आज निस्केका हुन् ।
साथै उनले यो समय दुर्गा प्रसाईंको रहेको पनि दाबी गरे । ‘रेडियोमा यो समय मुना चियाको भनेर केही वर्ष अगाडि दिएको विज्ञापन जस्तो अब यो समय दुर्गा प्रसाईंको हो। मसँग धन सम्पति, हस्पिटल, छोराछोरी, तपाईंहरुको सर्मथन छ ।’ उनले भने ।
व्यवसायी प्रसाईंले नेकपा एमालेनिकट युवा संघलाई लक्षित गर्दै कटाक्ष पनि गरे । ‘एउटा सकिएको पार्टीको संगठनले मलाई कालोमोसो दल्यो । अब झन् सकियो । काठमाडौं, भक्तपुर देशैभर प्रतिबन्ध भन्थे । आज मेरो अभियानले तिनिहरूलाई प्रतिबन्ध लाग्यो ।’ साथै उनले अब अरु दुर्गाकाे पनि जन्म भएकाे बताए ।































प्रतिक्रिया