पहिचानको नाममा देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र भयाेः अध्यक्ष ओली

पहिचानको नाममा देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र भयाेः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिचानको नाममा देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र भइरहेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित नेपाल संवत् ११४४ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिचानको नाममा अस्थिरतामा फसाउने र देशका विरुद्धमा विभिन्न षड्यन्त्र भइरहेको बताएका हुन् । ‘हाम्रो देशका विरुद्ध षड्यन्त्र भइरहेको छ । हाम्रो देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘पहिचानका नाममा, जातका नाममा, धर्मका नाममा, अनेक नाममा विभाजित गर्ने काम भइरहेको छ । द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ ।’

वर्तमान सरकारले राजनीतिक अस्थिरता र अराजकतालाई नियन्त्रण गर्नुको सट्टा उल्टै प्रोत्साहन गर्ने काम गरिरहेको आरोप अध्यक्ष ओलीले लगाए । ‘अहिलेको सरकारले राम्रो काम गर्न सकेको छैन । राजनीति अस्थिर, अराजक बनाएको छ । अराजकतालाई नियन्त्रण गर्नुको सट्टा प्रोत्साहन गर्ने काम गरिरहेको छ,’ उनले भने, ‘गुण्डालाई गिरफ्तार गर्ने होइन गिरफ्तार भएको गुण्डालाई सरकारले छोड्न लगाउँछ ।’

राजसंस्था फर्काउनु पर्छ भन्नेहरुलाई लक्ष्य गर्दै उनले एकाधिकार व्यक्तिमा केन्द्रित शासन जनताको रोजाइ नभएको बताए । लक्षित जन्मिँदै कोहि राजा हुने र जनताभन्दा एउटा व्यक्ति ठूलो हुने कुरा कुनै सचेत नेपाली जनताले स्वीकार गर्न नसक्ने उनको जिकिर थियो ।  

Skip This
Skip This
Logo