जनताको आवश्यकतालाई सम्बाेधन गर्नेगरी बजेट विनियोजन गरेका छाैंः मुख्यमन्त्री कार्की

जनताको आवश्यकतालाई सम्बाेधन गर्नेगरी बजेट विनियोजन गरेका छाैंः मुख्यमन्त्री कार्की


कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयकको औचित्य र उद्देश्यमाथि प्रकाश पार्दै जनताको आवश्यकता र समस्यालाई समाधान गर्नेगरी बजेट विनियोजन गरेको दाबी गरेका छन् । 

शनिबारकाे कोशी प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री कार्कीले समानुपातिक र प्रत्यक्षतर्फ सांसदलाई मर्का नपर्नेगरी प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई समेटिने गरी बजेट ल्याएको भन्दै विकास र समुन्नत प्रदेशको यात्रा प्रारम्भ भएको दाबी गरेका हुन् ।

मानवपुँजीलाई उच्च प्राथमिकतामा राखी गरिबी निवारण गर्नेतर्फ बजेट केन्द्रित भएको बताउँदै उनले राजस्वको आयव्ययमा सामान्य परिमार्जन गरेको जानकारी दिए । सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट परिमार्जन गरी पूर्वतः मुख्यमन्त्रीले समावेश गरेकाे महत्त्वपूर्ण योजनामा कुनै फेरबदल नगरी रु २० लाखभन्दा मुनिका योजना हटाई अरू योजनाका लागि स्रोतको सुनिश्चितता गरेको जानकारी दिए । 

Logo