प्रचण्डले भारतीयहरुले जे‍-जे चाहन्छन् सबै सुम्पे, बदलामा १५ मुर्रा राँगा ल्याएः शंकर पोखरेल [भिडियाे]

प्रचण्डले भारतीयहरुले जे‍-जे चाहन्छन् सबै सुम्पे, बदलामा १५ मुर्रा राँगा ल्याएः शंकर पोखरेल [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकार जनहित विपरित विदेशीको हितमा काम गरिरहेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा नेपालको हित भन्दा भारतले चाहेको कुरा सुम्पेर आएको आरोप लगाएका हुन्। 

एमालेको मुगु जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्न शनिबार त्यहाँ पुगेका महासचिव पोखरेलले एमालेको सरकार ढलेपछि दाहाल नेतृत्वको सरकारको चालामाला ठीक नभएको बताए।

‘एमालेलाई सरकारबाट हटाइसकेपछि गठबन्धनको नाममा जुन प्रकारको राजनीति भइरहेको छ, त्यो राजनीतिले के गरिरहेको छ भने अदालत अदालत जस्तो छैन। जनताको विस्वास र भरोसा टुटेको छ। संसद संसदजस्तो छैन जनताको आवाज त्यहाँ उठ्न छोडेका छन्। सरकार सरकारजस्तो छैन,देश र जनताको हितका पक्षमा काम गर्न सकिरहेको छैन। अहिलेको सरकार विदेशीहरुको सामु लम्पसार पर्ने सरकारका रुपमा गठबन्धन सरकार रहेको छ ।’ उनले भने।

‘प्रधानमन्त्री भारत भ्रमणमा गएर भारतीयहरुले जेजे चाहन्छन् सबैकुरा सुम्पनुभयो र बदलामा १५ वटा मुर्रा राँगा लिएर आउनुभयो।’ पोखरेलले व्यंग्य कसे। उनले देशको अर्थतन्त्र विग्रनु र देश बिविग्रनुको पछाडि पनि प्रधानमन्त्री दाहालकै हात रहेको पनि आरोप लगाए। 

भिडियाे- https://fb.watch/oyE30nC9EE/

Skip This
Skip This
Logo