दुई तिहाइ दिनुस् कस्तो व्यवस्था र संविधान चाहिन्छ हामी देखाइदिन्छौँः रवि लामिछाने

दुई तिहाइ दिनुस् कस्तो व्यवस्था र संविधान चाहिन्छ हामी देखाइदिन्छौँः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूहरू गणतन्त्रवादी कि राजावादी भन्दै प्रश्न उठाउनेहरू धेरै रहेको बताएका छन्। वादीको पछाडि लाग्न जनमत बाँडिने भएकाले आफूहरूको पहिलो लक्ष्य भ्रष्टाचारको सफाइ भएको उनले  बताएका हुन्।   

सप्तरीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले अहिले भएको व्यवस्थामा कयौँ यसका प्रावधानहरूमा विमति रहँदा रहँदै पनि जनताको अवस्था फेर्न सकिन्छ यही व्यवस्थाभित्रै रहेर आफ्नो अभियान सुरु गरेको बताए।

उनले भने, ‘हामीलाई दुई तिहाइ दिनुस् कस्तो व्यवस्था चाहिन्छ? कस्तो संविधान चाहिन्छ हामी देखाइदिन्छौं। कस्तो नीति चाहिन्छ हामी भन्न सक्छौँ। तर, देशलाई द्वन्द्वमा फर्काउँदैनौ। एउटा पनि जनताको हातमा सानो चोट नलागी परिवर्तन ल्याउन सकिन्छ। त्यसैका लागि हामी लागिपरेका हौँ। हामीलाई भोक लागेको छ थालै खान सकिँदैन। गाँसावास खानुपर्छ पहिलो गाँस भ्रष्टाचारीको उठिबास।’

Skip This
Skip This
Logo