प्रधानमन्त्री प्रचण्ड बुधबार युएई जाने

प्रधानमन्त्री प्रचण्ड बुधबार युएई जाने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (युएई) जाने भएको छन्।

बुधबार प्रधानमन्त्री ‘प्रचण्ड’ त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (कोप-२८) को २८औँ सम्मेलनमा भाग लिन युएई जाने भएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन्। कोप-२८ को २८औँ सम्मेलन नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म युएईको दुबईमा हुनेछ । प्रधानमन्त्री डिसेम्बर ३ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Logo