एमाले अध्यक्ष ओली बैतडी जाँदै

एमाले अध्यक्ष ओली बैतडी जाँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यपहाडी लोकमार्ग पदयात्राको उद्धाटन गर्न आज कैलाली जाने भएका छन्। एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्ग पदयात्रा गर्न लागेको छ। अध्यक्ष ओली त्यसको उद्घाटन गर्न दिउँसो धनगढी हुँदै बैतडी जाने छन्।

उनीसँगै उपाध्यक्षहरु ईश्वर पोखरेल र विष्णु पौडेल सहितका नेताहरू पनि बैतडी जाने भएका छन्। एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए अनुसार, तीन सातामा टुङ्याउने तयारी गरेको झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको तयारी तिव्र भइरहेको छ। पुष्पलाल राजमार्ग नामाकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ।

Skip This
Skip This
Logo