रास्वपा बैठकमा प्रमुख सचेतकद्वारा प्रतिवेदन पेस

रास्वपा बैठकमा प्रमुख सचेतकद्वारा प्रतिवेदन पेस

केन्द्रबिन्दु
0
Shares

महोत्तरी जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा संसदीय दलको तर्फबाट प्रतिवेदन प्रस्तुत पेस गरिएको छ।

प्रमुख सचेतक सन्तोष परियारले उक्त प्रतिवेदन पेस गरेका हुन्। प्रतिवेदनमा पार्टीका सांसदहरूले संसद् अधिवेशनका खेलेको भूमिका,मुद्दा उठानलगायत समसामयिक विषयलाई समेटेर प्रतिवेदन प्रस्तुत गरिएको हो।

केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक बस्नुअघि संसदीय दलको बैठक बेग्लै बसेको थियो। आजको बैठकमा सभापति रवि लामिछानेले पार्टीको राजनीतिक प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्।  हिजो (सोमबार) बाट सुरु भएको रास्वपाको बैठक भोलिसम्म चल्नेछ। रास्वपाले पछिल्लो समय मधेश केन्द्रित अभियान चलाउँदै आएको छ।

Skip This
Skip This
Logo