आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईंलाई पेप्सिकोलाबाट पठायो फिर्ता

आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईंलाई पेप्सिकोलाबाट पठायो फिर्ता

केन्द्रबिन्दु
0
Shares

गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईं आज आफ्नो समूहको आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको छ। गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो ।

प्रसाईं आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए। पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको बताइएको छ। त्यहाँ केहीबेर वादविवाद भएको थियो । तर, प्रहरीले अगाडि जान निषेध गरिएको बताएपछि तीनवटै गाडी फर्काइएको छ ।

Logo