सरकारले अस्थायी आवास बनाउन सेना र प्रहरीलाई भूकम्प प्रभावित क्षेत्रमा खटाउने

सरकारले अस्थायी आवास बनाउन सेना र प्रहरीलाई भूकम्प प्रभावित क्षेत्रमा खटाउने

केन्द्रबिन्दु
0
Shares

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न सरकारले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने भएको छ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गत कात्तिक १७ मा रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको जाजरकोट र रुकुम पश्चिममा आवास बनाउन सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो।

राहत र उद्धारको तुलनामा अस्थायी आवास ढिला भएको निष्कर्षसहित प्रभावित जिल्लाको सुरक्षा समितिको सिफारिसमा सेना, प्रहरी र सशस्त्र प्रहरी खटाउने निर्णय गरिएको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘जनशक्ति अपुग भए प्रजिअको मागका आधारमा थप जनशक्ति बाहिरबाट पठाउने निर्णय भएको छ’, शर्माले भनिन्।

Skip This
Skip This
Logo