मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्री भन्छन्- ‘तत्काल केही हुनेवाला छैन’

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्री भन्छन्- ‘तत्काल केही हुनेवाला छैन’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् तत्काल परिर्वतन  नहुने स्पष्ट पारेका छन् ।

युएईमा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपश्चात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा उनले तत्काल मन्त्रिपरिषद्मा कुनै हेरफेरको सम्भावना नरहेको प्रष्ट पारेका हुन् । उनले भने, ‘योबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन ।’

त्यस्तै उनले गृहमन्त्री हट्ने कुरापनि खारेज गरे । ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रिमण्डल पुनर्गठन हुन्छ, गृहमन्त्री हट्छ रे भन्ने हल्ला पनि भयो। अहिले कुनै त्यस्तो गठबन्धनभित्र छलफल भएको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले केही सोचेको छैन। म आफैँ प्रधानमन्त्री छु, अहिले मेरो नै दिमागमा नै आएको छैन।’

प्रचण्ड प्रधानमन्त्री बनेको १० पुसमा एक वर्ष पूरा हुँदै छ।

Logo