जनजीविका, राष्ट्रियता र आफ्ना मूल मुद्दा लिएर सडक संघर्ष गर्ने तयारीमा राप्रपा

जनजीविका, राष्ट्रियता र आफ्ना मूल मुद्दा लिएर सडक संघर्ष गर्ने तयारीमा राप्रपा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जनजीविका, राष्ट्रियता र आफ्ना मूल मुद्दालाई लिएर सडक संघर्ष गर्ने तयारीमा जुटेको छ। अबको केही दिनमा जनजीविका, राष्ट्रियता, र आफ्ना मूल मुद्दासँग सम्बन्धित विषयलाई लिएर सडक संघर्षमा आउने कार्यक्रमको तयारीमा रहेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

बुधबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले मंसिर ७ गतेको आन्दोलन कार्यक्रमलाई पार्टीले सर्तकतापूर्वक हेरेको भन्दै निकट भविष्यमा जनजीविका, राष्ट्रियता, र आफ्ना मूल मुद्दासँग सम्बन्धित विषयलाई लिएर सडकमा आउने कार्यक्रमको तयारीमा जुटिरहेको बताएका हुन्। 

उनले भने,‘मंसिर ७ गतेको कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्तकतापूर्वक हेरिराखेको छ। हामीले कसैलाई जाउ पनि भनेको थिएनौं नजाउ पनि भनेको थिएनौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले निकट भविष्यमै जनजीविका, राष्ट्रियता, र आफ्ना मूल मुद्दा सँग सम्बन्धित विषयलाई लिएर सडकमा आउने कार्यत्रम तयार गर्दैछ।’
 
उनले राप्रपा छुट्टै राजनीतिक पार्टी भएकोले अस्थिरता र अराजकतामाथि आफ्नो कुनै भविष्य नखोज्ने तर्क गरे। आफूहरुले अरु कसैको आन्दोलनलाई विरोध वा समर्थन गर्न हत्तार नगर्ने उनको भनाइ थियो। 

उनले भने,‘हाम्रो पार्टी राप्रपा एउटा छुट्टै राजनीतिक पार्टी हो। यसले अस्थिरता अराजकतामाथि आफ्नो कुनै भविष्य खोज्दैन। हामीले अरुले गर्ने आन्दोलनलाई विरोध वा समर्थन गर्न त्यस्तो हत्तार गर्नु पर्ने कुरा छैन।’

Logo