एनसेलको शेयर खरिद विक्रीमा भएको चलखेलका विषयमा छलफल गर्न सत्तारुढ दलका नेताहरू बालुवाटार पुगेका छन्। एनसेलले आफ्नो शेयर विक्री गर्दा चलखेल गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। आज मात्रै संसदीय समितिमा यो विषयमा छलफल भएको छ।
एनसेलको शेयरबारे सार्वजनिक लेखा समितिले यसअघि नै चासो देखाएर ९ जिज्ञासाको जवाफ मागिसकेको छ। हिजोमात्र सरकारले एनसेलको शेयर खरिद बिक्रीलाई लिएर सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने निर्णय गरेको थियो।
मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेपछि यसले बजार तताएको छ।































प्रतिक्रिया