एनसेल प्रकरणमा अनेरास्ववियुले आन्दोलन अघि बढाउनुपर्छः सभामुख घिमिरे

एनसेल प्रकरणमा अनेरास्ववियुले आन्दोलन अघि बढाउनुपर्छः सभामुख घिमिरे


सभामुख देवराज घिमिरेले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको विरोधअन्तर्गत भौतिक क्षति नगरी अनेरास्ववियुले आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन्। बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। 

उनले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने गरी बाहिर आएको बताए। सभामुख घिमिरेले संसदले एनसेल खरिदबिक्री प्रकरणलाई जिम्मेवारीका साथ चासो लिएर अघि बढाइरहेको बताए।

उनले संसद बन्द रहेका बेलामा संसदीय समितिमार्फत यस विषयमा छलफल र बहस भइरहेको बताए। अनेरास्ववियुले एनसेल शेयर बिक्री प्रकरणको सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ।

Logo