सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज धनगढी जाँदै

सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज धनगढी जाँदै

केन्द्रबिन्दु
0
Shares

कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव आजदेखि हुने भएको छ।

अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए। महोत्सवको शुक्रबार दिउँसो साढे १२ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहाल शुक्रबार बिहान बुद्ध एयरको विमानमार्फत धनगढी जानेछन् भने उनी शुक्रबार साँझ  काठमाडौं फर्किनेछन्।व्यवसायिक कृषि प्रर्दशनी,उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि आयोजना हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ।

Skip This
Skip This
Logo