धनकुटामा अध्यक्ष ओलीमाथि आक्रमण [भिडियाेसहित]

धनकुटामा अध्यक्ष ओलीमाथि आक्रमण [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमणको प्रयास भएको छ । 

झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प अभियानअन्तर्गत आज भोजपुरबाट धनकुटा प्रवेश गरेका अध्यक्ष ओलीमाथि महालक्ष्मी नगरपालिका ५ लेगुवामा मुक्का प्रहार भएको हो । स्वागतमा लाइनमा बसेका लेगुवाकै महेश राईले मुक्का हानेका हुन् । 

एक मुक्का प्रहार भएपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले तत्कालै नियन्त्रणमा लिएका थिए ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा यही मङ्सिर १४ देखि सुरुआत भएको सङ्कल्प यात्रामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष महासचिव शङ्कर पोखरेल, उपमहासचिव, सचिव, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीलगायतका नेता, प्राविधिक, विज्ञ सम्मिलित टोली सहभागी छन् । सङ्कल्प यात्राको टोली आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

भिडियाे- https://fb.watch/oWClb_dVUe/

Skip This
Skip This
Logo