एमालेको ‘समृद्धिका लागि संकल्प’ पदयात्रा आज समापन हुने

एमालेको ‘समृद्धिका लागि संकल्प’ पदयात्रा आज समापन हुने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको ‘समृद्धि संकल्प’ पदयात्रा आज मध्यपहाडको पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ।  सम्बन्ध स्थानीय-सन्देश राष्ट्रिय भन्ने नाराका साथ १८ दिन दिनअघि मध्यपहाडी राजमार्गमा सुरु गरेको पदयात्रा आज समापन हुन लागेको हो। 

शनिवार पाँथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट चिवाभञ्ज्याङ जान लागेका पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए। 

प्रवक्ता गौतमका अनुसार, फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनेछन्।  

३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुन फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने प्रमुख गौतमले जानकारी दिए। मध्य पहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न एमाललेले पदयात्रा गरेको हो। 

Skip This
Skip This
Logo