राप्रपा केन्द्रीय समिति बैठक आज पनि जारी रहने

राप्रपा केन्द्रीय समिति बैठक आज पनि जारी रहने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ। हिजोदेखि काठमाडौँमा सुरू भएको उक्त बैठक आज पनि जारी रहने भएको हो। 

सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा ब्रिफिङ् गरेका थिए।

उनका अनुसार अध्यक्ष लिङ्देनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने, सत्ता केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति रहने, देशमा पूँजी निर्माण हुन नसकिरहेको अन्यौलपूर्ण अवस्थामा पनि सत्तापक्ष र प्रतिपक्ष समेत मिलेमतोमा कमाऊ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन्।

उनले बैठकमा भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरुको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा चिन्ता व्यक्तसमेत गरेका थिए।

बैठकमा महामन्त्री धवल शम्शेर राणाले वृहद आन्दोलन सम्बन्धि कार्ययोजना,कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदार बहादुर अधिकारीले सचिवालय सम्बन्धि प्रतिवेदन पेश गरेका थिए भने हिजोको बैठकमा प्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशको प्रतिवेदन पेश गरेका छन्।

Skip This
Skip This
Logo