काठमाडौं उपत्यका खाल्डाखुल्डीरहित बनेको मन्त्री ज्वालाकाे दाबी

काठमाडौं उपत्यका खाल्डाखुल्डीरहित बनेको मन्त्री ज्वालाकाे दाबी

केन्द्रबिन्दु
0
Shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले, देशका तमाम समस्या समाधानका लागि तीन तहका सरकारबीचको समन्वय आवश्यक रहेको बताएका छन् । 

सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले तीन तहकै सरकार एकआपसमा समन्वय र  सहअस्तित्व गरेर अगाडि बढ्ने हो भने देशका तमाम समस्या समाधान हुने भन्दै त्यसको लागि नेपाल सरकार तयार रहेको बताए । 

उनले भने, ‘तीन तहकै सरकार हामी एकआपसमा समन्वय गरौँ । सहकार्य पनि गरौ र सहअस्तित्व पनि  गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा, कृषि, मौलिक समस्याको रुपमा रहेको खानेपानी, फोहोर व्यवस्थापन, खोलाको समस्याको समाधानको क्षेत्रमा तमाम समस्या समाधानको उपाय भनेको हामी तीन तहको सरकारकाबीचमा राम्रो समन्वय, सहकार्य हुनुपर्छ त्यसको लागि नेपाल सरकार तयार छ ।’

काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको उनले दाबी गरे । मन्त्रालयअन्तर्गतका सम्पूर्ण सडकखण्डमा रहेका खाल्डाहरु व्यवस्थित गरीसकेको उनको भनाई  छ । ‘काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डा देख्न सक्नुहुन्न । खानेपानिले समस्या बनाउछ विद्युतले समस्या बनाउछ ।’ उनले भने, ‘त्यसका बाजुत पनि हाम्रो मन्त्रालयअन्तर्गतका सम्पूर्ण  खाल्डा हामीले व्यवस्थित गरेको छौं । र बाँकी कहीँ कतै छ भने त्यसको मर्मत गर्न प्रतिबद्ध छौँ ।’

Logo