प्रधानमन्त्री प्रचण्डले देशबासीका नाममा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले देशबासीका नाममा विशेष सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन्। दाहाल प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ। 

त्यही अवसरमा प्रधानमन्त्री दाहालले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए। प्रधानमन्त्री दाहाल आफैँले एक वर्षपछि नयाँ ढंगले काम गर्न चाहेको बताउँदै आएका छन्। 

दाहालले सोमबारमात्रै पनि आफ्नो कार्यकालको दोस्रो वर्षलाई विशेष बनाउन चाहेको बताएका थिए। ‘एक वर्षपछि अर्को ढंगले काम गर्न चाहान्छु। प्रदेश र स्थानीय तहलाई बलियो बनाउनकालागि मैले फरक ढंगले काम गर्न लागेको छु,’ सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवस समारोहमा प्रधानमन्त्री दाहालले भनेका थिए।

Skip This
Skip This
Logo