सभापति खतिवडाकाे चेतावनी- निर्देशन पालना नगरे सरकार लामोसमय जाँदैन

सभापति खतिवडाकाे चेतावनी- निर्देशन पालना नगरे सरकार लामोसमय जाँदैन

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिले दिएका निर्देशन पालना नगरे सरकार लामो समय नजाने चेतावनी दिएका छन् । 

आज बसेको समिति बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर एनसेल प्रकरणमा कारबाहीका लागि निर्देशन दिएपछि सभापति खतिवडाले निर्देशन पालना नभए सरकार नै लामो समय नजाने चेतावनी दिएका हुन् । उनले भने ‘संसदबाट बनेको सरकार संसदीय समितिले दिएको निर्देशन राम्रोसँग पालना गरेन भने काम गरेन भने सरकार लामो समय जाँदैन त्यो कुरा ढुक्क रहनु ।’

समितिले २०७४ सालपछि पहिलो पटक प्रधानमन्त्रीलाई समितिमा बोलाएर छलफल गर्न सफल भएको भन्दै उनले अब अन्य प्रकरणमा पनि छलफल गर्ने र आवश्यक निर्देशन दिने बताए । 

Logo