नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नागरिक उड्यन,पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीको विवादस्पद अभिब्यक्तिप्रति कटाक्ष प्रयोग गरेका छन्।
‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने मन्त्री किरातीको अभिब्यक्ति प्रति कटाक्ष प्रहार गर्दै पूर्वमन्त्री बाँस्कोटाले असहमत दर्ज पनि गरेका छन्। उनले माओवादी अरू कसैको सेवा दिन मेसनरी उद्योग रहेको गम्भिर आरोपसमेत लगाएका छन्।
‘संस्कृति मन्त्री किरातीले कत्रो जेल बनाउलान त अब? उनले थुन्नै पर्ने राष्ट्र द्रोहीको संख्या (हिन्दु, बुद्ध, मुस्लिम आदी) करीब ९८ प्रतिशत रहेछ,’ उनले कटाक्ष गर्दै भनेका छन्, ‘माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो। धर्म ब्यक्तिगत स्वतन्त्रता हो तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान।’





























प्रतिक्रिया