शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई मेरै कार्यकालमा जग्गा उपलब्ध गराउँछुः प्रधानमन्त्री प्रचण्ड

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई मेरै कार्यकालमा जग्गा उपलब्ध गराउँछुः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न सरकारले ९९ रोपनी जग्गा उपलब्ध गराउने विषयलाई टुंग्याउने बताएका छन्। 

शनिबार काठमाडौँमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले केन्द्रलाई जग्गा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा गर्ने बताएका हुन्।

दाहालले यसअघि नै राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न जग्गा ९९ रोपनी जगा उपलब्ध गराउने प्रतिबद्धता गरेको स्मरण गर्दै जग्गाको विषय टुंग्याउने बताए। 

दाहालले भने,‘मेरो दोस्रो प्रधानमन्त्रीत्वकालमा नै राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न जग्गा उपलब्ध गराउने निर्णय गरिएको थियो। गत वर्ष पनि मैले यसबारे प्रतिबद्धता व्यक्त गरिसकेको छु। तसर्थ, मेरो यही कार्यकालमा यससम्बन्धी बाँकी काम टुंगोमा पु¥याउन सरकार प्रतिवद्ध छ।’

प्रधानमन्त्री दाहालले गत वर्षको माघमा नै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ९९ रोपनी जग्गा उपलब्ध गराउने बताएका थिए।प्रधानमत्री दाहालले मस्तिष्क मृत्युपछि अंगदान गर्न आम सर्वसाधारण हिचकिचाइरहेको भन्दै अंगप्रत्यारोपणबारे सबैले सकारात्मक दृष्टिकोण बनाउनुपर्नेमा जोड दिएका छन्।
 
उनले शरिरका मुटु,कलेजो,आँखा जस्ता महत्वपूर्ण अंग दान गर्न डराउन नहुने भन्दै सबैलाई अंग प्रत्यारोपणको राष्ट्रिय अभियानमा साथ दिन आग्रह गरे। 

प्रधानमन्त्री दाहालले भने,‘मरेपछि  खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले कलेजो, मृगौला, मुटु, फोक्सो लगायतका अंग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो। तसर्थ,अंग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्दिक अपील गर्दछु।’

प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनगुणस्तरीय स्वास्थ्य सेवाका दृष्टिले निकै महत्वपूर्ण र रचनात्मक रहेको बताएका उनलेनेपालको अंग प्रत्यारोपण उपचारका क्षेत्रमा रहेका जटिलताहरू सम्बोधन गर्न सम्मेलन प्रभावकारी हुने धारणा राखे।

‘मानव अंग प्रत्यारोपणका विज्ञ एकै ठाउँ भेला भएर प्रत्यारोपण सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान एवं प्रत्यारोपणका क्षेत्रमा देखिएका चुनौतीहरू सम्बोधनका दृष्टिले यो सम्मेलन समग्र देशको स्वास्थ्य सेवाका दृष्टिले समेत दूरगामी महत्वको छ’ दाहालले भने। 

Skip This
Skip This
Logo