प्रदेशको अधिकार यथाशिघ्र बाँडफाँड गरिनुपर्छः सभापति बानियाँ

प्रदेशको अधिकार यथाशिघ्र बाँडफाँड गरिनुपर्छः सभापति बानियाँ

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेशको अधिकार बाँडफाँडको विषयलाई जतिसक्दो चाँडो टुंग्गोमा पुर्याउन पहल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

शनिबार काँग्रेसको बागमती प्रदेश पहिलो सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रदेशलाई संघले अधिकारबिहीन बनाएर झुलाउन नहुने बताएका हुन्। 

गठबन्धन सरकारको प्रमुख दल काँग्रेसले प्रदेशलाई अधिकार दिलाउन चाँडो पहल गर्नुपर्नेमा बानियाँले जोड दिए। उनले भने,‘लोकतान्त्रिक गणतन्त्र र संघीयताको नेतृत्व गर्ने काँग्रेस पार्टीको गठबन्धन सरकार छ। पार्टी सभापतिलाई हाम्रो आग्रह छ, गणतन्त्रलाई संस्थागत विकास गर्न तथा गणतन्त्रप्रति जनताको भरोसा जोगाउन प्रदेशको अधिकारलाई चाँडो भन्दा चाँडो बाँडफाड गर्नुपर्छ।’

उनले संघीयतामा प्रदेशमाथि धेरै चुनौती भएको उल्लेख गर्दै प्रदेशलाई चाँडो अधिकार दिन नसके परिस्थिति गम्भीर बन्ने बताए। राजनैतिक अस्थिरताको मूल कारण अहिलेको मिश्रित निर्वाचन प्रणाली भएको ठहराएका राईले राजनीतिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचन प्रणालीमै जानुपर्ने र त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्ने धारणा राखे। 

राईले भने,‘अहिलेको मिश्रित निर्वाचन प्रणालीलाई हामीले परिमार्जन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा मूलुकलाई लैजानुपर्छ। यो स्थिरताको लागि अनिवार्य छ। यसको नेतृत्व नेपाली काँग्रेसले लिनुपर्छ।’

Logo