विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी छः मन्त्री साउद

विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी छः मन्त्री साउद

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताएका छन् ।

न्यूज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा परराष्ट्रमन्त्री साउदले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताएका हुन्  । “प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता  संस्थागत भएको छ, प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रुपमा राज्यले मान्यता दिएको छ”, उनले भने । 

उनले संविधान जारी गरेपछि  तीनै तहको निर्वाचन गरेर  सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियशाील भएको बताए । उनले जलवायु परिवर्तनको मुद्दा र शान्ति प्रक्रियालाई टुङ्गो पु-याएको विषयमा नेपालले विश्वसँग स्पष्ट ढङ्गले कुरा गरेको स्पष्ट पारे ।  

फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताए ।

Logo