राष्ट्रपति रामचन्द्र पौडेलले आज बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन्। सातौं बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ पुगेका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधाना गरेका हुन्।
मन्दिरका मूल पूजारी जयबहादुर खड्काबाट करिब २० मिनेट पूजा आराधनापछि राष्ट्रपति पौडेललाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मान पत्र र मायाको चिनो प्रदान गरेका छन्।
राष्ट्रपति नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे बागलुङ बजार पुगेका थिए। राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल लगायतको टोलीले स्वागत गरेका थिए।





























प्रतिक्रिया