माओवादी केन्द्रको जनतासँग माओवादी अभियान आज सकिँदै

माओवादी केन्द्रको जनतासँग माओवादी अभियान आज सकिँदै

केन्द्रबिन्दु
0
Shares

संगठन शशक्तिकरणका लागि सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ आज सकिँदैछ। 

गएको भदौ १६ गतेदेखि चार महिनासम्म सञ्चालन भएको अभियानअन्तर्गत माओवादी केन्द्रले सातै प्रदेशका ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडासम्म अभियान सञ्चालन गरेको हो। 

सोमबार चार महिनासम्म चलेको अभियानको समीक्षा गर्दै अभियानको समापन गर्ने कार्यक्रम रहेको महासचिव देवप्रसाद गुरूङले जानकारी दिए। उनका अनुसार आज अभियानको अन्तिम दिन सम्बन्धित कमिटीहरूले बैठक, भेला बोलाउने र अभियानको समीक्षा गर्नेछन्। 

माओवादीको साउनमा बसेको बैठकले तीन महिनासम्म मात्रै अभियान सञ्चालन गर्ने योजना बनाएपनि मंसिर १६ मा जनताको समर्थन रहेको भन्दै थप एक महिना लम्ब्याउने निर्णय गरेको थियो। 

अभियानअन्तर्गत पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल नै स्थानीय तह र वडास्तरका कार्यक्रममा समेत सहभागी भएर सम्बोधन गरेका थिए। 

अभियानको अवधिमा पार्टीका सबै तहका कमिटीको बैठक, प्रशिक्षण र भेला लगायतका गतिविधि भएका छन् भने जिल्ला र पालिकास्तरमा पार्टीका नेताहरू खटिएर संगठनमा जागरण भर्ने काम गरेका छन्।

पार्टीले एक पालिकामा कम्तिमा एक जना नेता खटाउने निर्णय नै गरेको थियो।देशभर माओवादीका ७ लाख ५२ हजार ९५६ जना सदस्य रहेका छन् ।

Logo