बालकुमारी घटनामा मन्त्रीको गाडी घेराबन्दीको सूचनापछि गोली चलेकाे गृहमन्त्रीको प्रस्टोक्ति

बालकुमारी घटनामा मन्त्रीको गाडी घेराबन्दीको सूचनापछि गोली चलेकाे गृहमन्त्रीको प्रस्टोक्ति

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा मन्त्रीको गाडी घेराबन्दी भएपछि गोली चलेको बताएका छन्।

सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा ईपीएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्ति उपयुक्त नभएको बताएका हुन्। 

‘मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवाल जवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ’, घटनाबारे ब्रिफिङ गर्दै गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसपछि आर्मीले मन्त्रीजीलाई पार्टी बैठक स्थलमा पुर्‍याएको छ।’

उनले भौतिक योजना मन्त्रीको प्रदर्शनकारीबाट घेराबन्दीमा परेपछि फिल्ड कमान्डर त्यो दिशातिर जान खोजेको र गोली प्रहार भएको बताए। ‘त्यही क्रममा सुरक्षाकर्मीले गोली चलाएको देखिन्छ,’ उनको भनाई थियो

Skip This
Skip This
Logo