बालकुमारी घटनामा साना कर्मचारीलाई दोष थोपरेर ठूला बच्न खोजेको एमालेकाे आरोप

बालकुमारी घटनामा साना कर्मचारीलाई दोष थोपरेर ठूला बच्न खोजेको एमालेकाे आरोप

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद राघुजी पन्तले बालकुमारी घटनामा जनताको आक्रोशलाई मत्थर पार्न गृह प्रशासनले तल्लो तहका कर्मचारीलाई बलिको बोका बनाएर आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास गरेको आरोप लाएका छन् । 

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद पन्तले प्रहरी परिचालनमै गृहबाट कमजोरी भएकोले उक्त घटनामा आफ्नो गल्तीलाई ढाकछोप गर्न तल्लो तहका कर्मचारीलाई बलिको बोका बनाउन नहुने बताएका हुन् । उनले भने, ‘जनपथ प्रहरी र गृह प्रशासन पनि यो घटनामा चुकेको देखियो । जनताको आक्रोश मत्थर पार्ने कामका लागि सिडियोलाई तान्ने आयोग बनाउने गर्नुभयो त्यो आफ्नो ठाउँमा ठिक होला तर, आफू जनताको आक्रोशबाट बच्नका लागि तलका कर्मचारीहरुलाई बलिको बोका बनाउँन पाईंदैन ।’

सांसद पन्तले भ्रष्टाचारीलाई क्याविनेटमा राखेर प्रधानमन्त्रीले सुशासनको भाषण गरेको भन्दै सरकारको आफ्नै भनाई र गराईमै फरक भएको उल्लेख मात्र गरेनन, बालकुमाररुी घटनाको परिस्थिति उत्पन्न हुनुमै पूर्ण रुपमा श्रम मन्त्रालय जिम्मेवार रहेको बताए ।

प्रमाण दिँदै उनले भने, ‘तपाईंको श्रम मन्त्रीले सात सय रुपैयाँ पर्ने अभिमुखिकरण तालिमको प्रमाणपत्र लिनलाई एकलौटि निणर्य गरेर तीन गुणा मूल्य बढाएर २८ सय पुर्याए । एजेन्सीले एकमुष्ठ पैसा उठाए,त्यो निर्देशिका परिवर्तन गर्नपनि रोजगार बोर्डको जुन बैठक बस्नुपर्ने हो बैठकनै बसेको छैन । श्रममन्त्रीले एकलौटी निणर्य गरेर लुकाएर राखेका छन् । त्यस्तो निणर्य लागू भैरहेको छ । त्यसैले अस्तिको स्थिति उत्पन्न हुनुमा तपाईंको श्रम मन्त्री पूर्ण रुपमा जिम्मेवार छन् । देशको प्रत्येक परिवार कुनै न कुनै रुपमा जोडिएको श्रम मन्त्रालयमा भ्रष्टाचार हुने र जिम्मेवारी पूरा नगरेपछि जनताको आक्रोस बढ्छ कि बढ्दैन ?’ 

Skip This
Skip This
Logo