गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारीमा दुईजना युवकको ज्यान जाने गरी भएको घटनामा जोसुकै दोषी देखिए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
सरकारले गठन गरेको उच्चस्तरीय आयोगले घटनाबारे छानबिन गरिरहेको भन्दै मन्त्री श्रेष्ठले जोसुकै दोषी देखिए पनि कानूनी दायरामा ल्याई कारबाही गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘सबै पक्षमा समितिले छानबिन गर्ने छ । त्यस क्रममा जोजो दोषी देखिन्छन् उनीहरुलाई कारबाहीको दायरामा ल्याइने छ । समितिको प्रतिवेदन कार्यान्वयन गर्न दृढतापूर्वक प्रतिबद्धता व्यक्त गर्दछु ।’
समितिका सदस्यहरुले सरकारले बनाउने आयोगको क्षेत्राधिकार र आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन नहुनेतर्फ आशंका व्यक्त गरेका थिए ।































प्रतिक्रिया