रवि लामिछानेले कान्तिपुरविरुद्ध हाले गाली-बेइज्जतीको मुद्दा [भिडियाेसहित]

रवि लामिछानेले कान्तिपुरविरुद्ध हाले गाली-बेइज्जतीको मुद्दा [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतिको मुद्दा हालेका छन् । नियोजित रूपमा आफ्नो चरित्र हत्या गर्ने भ्रामक समाचार लेखेको भन्दै सभापति लामिछानेले  कान्तिपुर पब्लिकेसनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका हुन् । 

उनले कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाएका छन् । मिति २०८०/०९/०९ देखि २०८०/०९/१३ सम्म कान्तिपुर र इकान्तिपुरले सहकारी प्रकरणमा आफूलाई जोडेर प्रकाशित गरेका समाचारहरु झूटो रहेको उनकाे दाबी छ । 

समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि नभएको दाबी गरेका सभापति लामिछानेले सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।’ 

May be an image of text

भिडियाे- https://fb.watch/pjGHXG-p4T/ 

Logo