प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज उनले शिष्टाचार भेटवार्ता गरेका हुन्। 

नयाँ दिल्लीबाट आज बिहान १० बजे मात्रै त्रिभुवन विमानस्थलमा अवतरण गरेका भारतीय विदेश मन्त्री जयशंकरले काठमाडौँको दुई दिने भ्रमणको क्रममा पहिलो भेटघाटको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरे लगत्तै प्रधानमन्त्री प्रचण्डसँग शिष्टचार भेटवार्ता गरेका हुन्।

Logo