नेकपा एसको सचिवालय बैठक बस्दै, राष्ट्रिय सभाका उम्मेदवारको टुङ्गो लगाउने

नेकपा एसको सचिवालय बैठक बस्दै, राष्ट्रिय सभाका उम्मेदवारको टुङ्गो लगाउने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ। आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न शुक्रबार लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरी आजका लागि बोलाइएको हो।

बिहान ११ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।  खतिवडाका अनुसार, राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने छ।

विभिन्न जिल्ला तथा जनवर्गीय संगठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये पार्टी संगठन निर्माणमा योगदान, सम्बन्धित क्षेत्रमा जनस्तरमा समर्पित तथा लोकप्रिय र क्षमता भएर पनि अवसर प्राप्त नगरेका नेतालाई उम्मेदवार छनौट गर्ने कार्यविधिका आधारमा उम्मेदवारको छनौट गरिनेछ।

Skip This
Skip This
Logo